Like us!
Follow us!
Connect us!
Watch us!

बालेनलाई ओलीको कटाक्ष: भैँसीको ढाडमा बसेको झिंंगो चार लात हानेँ भनेर दंग छ

अर्थ संसार

शुक्रबार, २५ जेठ २०८१, १४ : १६ मा प्रकाशित

बालेनलाई ओलीको कटाक्ष: भैँसीको ढाडमा बसेको झिंंगो चार लात हानेँ भनेर दंग छ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा सट्टापट्टामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकबाट केही दिनअघि गरेको टिपप्णीमाथि जबाफ दिएका छन्।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा आफूले कसैसँग अनावश्यक ढंगको विवादमा पर्न नचाहेको बताए।

उनले बालेनलाई लक्षित गर्दै भने, ‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दंग परेको हुन्छ, चार लात हानेँ भनेर । म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ। म राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ। असभ्य राजनीतिमा होइन भन्ने पक्षमा छु ।’

बालेनले गिरीबन्धु प्रकरणमा १० हजार अर्ब करोड घोटाला गर्न ओली संलग्न रहेको भन्दै फेसबुकमा लेखेका थिए।

उनले बजेटलाई राम्रो बनाउनुपर्छ भनेर आफूले कुरा राखेको भए पनि केही असन्तुष्ट रहेको प्रष्ट पारे । सत्ता समीकरणलाई भत्काउने प्रयास भइरहेपनि अहिले त्यो सम्भावना नरहेको दाबी गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको