Like us!
Follow us!
Connect us!
Watch us!

दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा

अर्थ संसार

शुक्रबार, २५ जेठ २०८१, १७ : १३ मा प्रकाशित

दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा

एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । महर्षि चोक (एसबीआई बैंक अगाडि) ब्यास नगरपालिका–३, दमौलीमा एनसेलले आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।

बिहीबार एक कार्यक्रमकाबीच एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले आज एनसेलले नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका हुन् । उक्त नयाँ सेन्टरबाट ग्राहकहरूले सबै किसिमका ग्राहक सेवा लिन सक्नेछन् ।

एनसेलका सेवा तथा सुविधाहरूका ’boutमा सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत यस नयाँ सेन्टरबाट लिन सकिनेछ । यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

सेन्टर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले भने, ‘हामी विगत १० वर्ष देखि दमौलीमा रहेर ग्राहक सेवा प्रदान गर्दै आएका छौं र गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिन व्यस्त बजार क्षेत्रमा खोलिएको नयाँ सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी हर्षित छौं । ग्राहक सेवाका लागि स्थानीय स्तरमा नै उपस्थिति जनाई हाम्रा ग्राहकहरूलाई ‘सधैँ अन’ रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्याउदै डिजिटल बन्न प्रेरित गर्नु हाम्रो उद्देश्य हो ।’

रोड्रिगेजले उक्त अवसरमा कम्पनीको ‘सधैँ अन’ योजनाका ’boutमा प्रकाश पारे । उनका अनुसार यो योजना यस्तो प्रकारको नेपालमा नै पहिलो योजना भएको र यसले मोबाइल डेटामा प्याक सकिए पश्चात् मेन ब्यालेन्स काटिने समस्या हटाएर सेवामा पहुँच अझ सहज र सुलभ बनाएको छ ।

‘सधैँ अनले प्रयोगकर्ताहरूलाई आफ्नो मेन ब्यालेन्स काटिने डर नराखी आफ्नो डेटा सधैँ अन राख्न मद्दत गर्दछ किनकि आजको डिजिटल युगमा धेरै कार्यहरू अनलाइनमार्फत नै गरिने हुनाले उनीहरू सधैँ अनलाइन रहनु आवश्यक रहन्छ,’ उनले भने ।

नयाँ सेन्टरले आइतबार देखि शुक्रवार हप्ताको ६ दिन ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ । यस अघि एनसेलले ट्राफिक चोक अगाडि दमौलीमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा भन्दा बढी एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको