Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको  संस्थापक सेयर लिलामीमा

अर्थ संसार

आइतबार, २७ जेठ २०८१, १० : ३३ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको  संस्थापक सेयर लिलामीमा

प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोलमार्फत बिक्रीमा राखेको हो ।

न्यूनतम मूल्य ११५ रुपियाँ तोकिएको यस सेयर खरिदका लागि जोकोही व्यक्ति, संघसंस्था वा कम्पनीले प्रतिस्पर्धात्मक मूल्यमार्फत बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम दुई लाख कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्या र दरभाउ खुलाई जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको