Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर बिस्तार

अर्थ संसार

सोमबार, २८ जेठ २०८१, १२ : ३४ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर बिस्तार

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो संजाल विस्तार गरि दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । 

गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष जयराम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।  

यसैगरी बैंकले जेठ २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, ब्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीेको उपस्थितीमा भएको हो । 
 
सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत श्री संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । 

नयाँ २ एक्सटेन्सन काउन्टरसहित बैंकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको