Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा आठ लाख बढी सवारीचालक कारबाहीमा, ५७ करोड ८४ लाख राजश्व संकलन

अर्थ संसार

आइतबार, २७ जेठ २०८१, १५ : ०१ मा प्रकाशित

उपत्यकामा आठ लाख बढी सवारीचालक कारबाहीमा, ५७ करोड ८४ लाख राजश्व संकलन

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो ।

लेन अनुशासन, तीव्र गति, मादक पदार्थ सेवन, जथाभावी हर्नलगायत विभिन्न कसुरमा ती सवारीचालकहरुलाई कारबाही गर्दा रु ५७ करोड ८४ लाख १९ हजार राजस्व सङ्कलन गरिएको हो । 

कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार सात सय एक, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार ८३, तीव्र गतिमा सवारी चलाउने एक लाख आठ हजार आठ सय ३४, रातो बत्ती बलेको बेला सवारी चलाउने २६ हजार एक सय ३६ सवारीचालक रहेका छन् ।

फुटपाथमा सवारी पार्किङ गर्ने एक लाख पाँच हजार पाँच, ट्राफिक एपबाट एक हजार दुई सय २४, बढी भाडा लिने तीन सय सात, जथाभावी हर्न बजाउने आठ हजार सात सय ९९ सवारीचालक कारबाहीमा परेका छन् । अवस्था ठीक नभएको ५६ हजार पाँच सय १४, ओभरलोड पाँच हजार पाँच सय ७८, क्युआरटीमार्फत ८२ हजार नौ सय ८४, सिसिटिभीबाट ५३ हजार चार सय ६६ सवारीचालकलाई कारबाही गरिएको छ । 

ट्राफिक कार्यालयले ह्विल लकमार्फत २० हजार एक सय ६४, सवारी साधनबाट निस्कने प्रदूषणमा एक हजार तीन सय २२, जेब्राक्रसमा तीन सय ४८ जनालाई कारबाही गरेको छ ।

हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको