Like us!
Follow us!
Connect us!
Watch us!

'सिङ्घम अगेन' को रिलिज आगामी दीपावलीमा हुने

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, २१ : ४२ मा प्रकाशित

'सिङ्घम अगेन' को रिलिज आगामी दीपावलीमा हुने

बलिवुडको सुपरहिट फ्रेन्चाइजी फिल्म सिङ्घमको तेस्रो फिल्म 'सिङ्घम अगेन' को रिलिज आगामी दीपावलीमा हुने भएको छ । फिल्मका निर्देशक रोहित शेट्टीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै 'सिङ्घम अगेन' आगामी दीपावलीमा रिलिज हुने जानकारी दिएका हुन् ।

यसअघि फिल्म १५ अगस्टमा रिलिज हुने तय भएको थियो । तर निर्माताले रिलिज मिति परिवर्तन गरेका छन् । फिल्मको केही भागको सुटिङ बाँकी रहेको समाचारमा जनाइएको छ । 

अजय देवगनले गत बिहीबार नै यसको पुष्टि गरेका थिए । सिंघम अगेनमा रोहित शेट्टीको कप ब्रह्माण्डका तीनै नायक एकसाथ देखिनेछन् । उनको कप ब्रह्माण्डमा सिंघम, सिंघम रिटर्न्स, सूर्यवंशी र सिम्बा फिल्महरू सामेल छन् । यस फ्रेन्चाइजको पहिलो फिल्म सिंघम थियो जुन २०११ मा रिलिज भएको थियो । यसमा अजय देवगनले पुलिस अफिसर बाजीराव सिंघमको भूमिका निभाएका छन् । यसको सिक्वेल फिल्म सिंघम रिटर्न्स २०१४ मा रिलिज भएको थियो ।

यस कप ब्रह्माण्डको दोस्रो फ्रेन्चाइज 'सिम्बा' थियो, जसमा रणवीर सिंहले इन्स्पेक्टर संग्राम भालेरावको भूमिका निभाएका थिए । त्यस्तै २०२१ मा रिलिज भएको फिल्म ‘सूर्यवंशी’ मा अक्षय कुमारले डीसीपी वीर सूर्यवंशीको भूमिका निभाएका थिए । 'सिंघम अगेन' अघि रोहितको कप ब्रह्माण्डका तीनै अफिसर पनि 'सूर्यवंशी' मा सँगै देखिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको