Like us!
Follow us!
Connect us!
Watch us!

राजनीति मस्तिष्क र अर्थतन्त्र मुटु हो, मस्तिष्क ठिक नभएसम्म मुटु राम्रो हुँदैन : राधा पोखरेल

अर्थ संसार

शनिबार, ०७ जेठ २०७९, १४ : ४८ मा प्रकाशित

पछिल्लाे समय नेपाली जनताहरूमा राजनीतिक वितृष्णा छाएकाे नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

अर्थ संसारको साप्ताहिक कार्यक्रम आर्थिक बहसमा कुराकानी गर्दै उनले भनिन्, "पछिल्लाे समय नेपाली जनताहरूमा राजनीतिक वितृष्णा छाएकाे छ किनभने नेताहरू भ्रष्ट भए अयाेग्य भए उनीहरूले चाहीँ जनताहरूलाई के ठाने भने हामीले जस्तोसुकै उम्मेदवार दिएपनि जनताहरूले भोट हाल्नै पर्छ, जिताउनै पर्छ भन्ने जुन नेताहरूको दृष्टि थियो त्यसले गर्दा जनतासँग विकल्प थिएन उम्मेदवार नै नराम्रो उठ्छ भने कसलाई भोट दिने त ? त्यसैले जस्तो उम्मेदवार उठेपनि हामीले विवश भएर भोट हाल्नैपर्थ्यो ।"

भ्रष्ट नेताहरूलाई जिताएर केही व्यवस्थित नहुने देखेपछि विकल्प नभएर स्वतन्त्र उम्मेदवारलाई भोट दिइएको उनको धारणा छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाह क्रेज नभएर क्रान्ति भएकाे उनी बताउँछिन् । उनले भनिन्, "क्रान्ति नगरी मान्छे नमारीकन पनि क्रान्ति लेराउन सकिँदाे रैछ है भन्ने बालेनकाे अहिलेकाे अवस्थाले देखाएकाे छ ।"

बालेनकाे बारेमा बाेल्दै उनले भनिन्, "अहिले जुन रूपमा बालेन शाह उठिरहनु भएकाे छ उहाँले अहिले नदीमा हाम फाल्नु भएकाे छ र उहाँ त्याे नदीमा बसिरहन सक्नुहुन्न उहाँलाई कि त एक कदम अगाडि गएर विद्राेह गर्न सक्नुपर्याे कि त ब्याक हटेर अहिलेकै नेता सरह एउटा ठाउँमा रहनुपर्याे । त्यसले गर्दा मलाई चाहीँ के लाग्छ भने बालेन शाह कागहरूकाेबीचमा बकुल्ला नहुनुहाेस् । र त्याे सँगसँगै उहाँहरूकाे जुन एजेन्डाहरू  घाेषणापत्रहरू छ नी त्याे चाहीँ हामी परीक्षार्थीले चिट चाेरेकाे जस्ते नहाेस् । यत्तिकै सेलाएर नजावस् ।"

योग्य व्यक्तिहरू वैदेशिक रोजगारीका लागि बाहिरिएका र अयोग्य व्यक्तिहरूले देश सम्हालेका भएर नेपाल अहिलेको अवस्थामा आइपुगेको उनले बताइन् । 

कुराकानी कै क्रममा उनले राजनीतिले सेयर बजारलाई उथलपुथल गराइरहेकाे हुने बताइन् । राजनीतिलाई मस्तिष्क र अर्थतन्त्रलाई मुटुसँग जाेडिएकाे बताउँदै उनी भन्छिन्, "मस्तिष्कै ठिक भएन भने मुटु कसरी राम्राे हुन्छ । त्यसैले गर्दा पहिला सुरू मस्तिष्क ठिक हुनु जरूरी छ ।" बालेन शाहले जितेमा बजार राम्राे हुने लगानीकर्ताहरूकाे सेन्टिमेन्ट रहेकाे उनी बताउँछिन् ।

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको