Like us!
Follow us!
Connect us!
Watch us!

११ महिनामा साढे २७ करोड पर्ने अवैध समान बरामद

अर्थ संसार

आइतबार, ०२ असार २०८१, २० : ०६ मा प्रकाशित

११ महिनामा साढे २७ करोड पर्ने अवैध समान बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा  करिब रु साढे २७ करोड मूल्य पर्ने बिलबिजक नभएका सामान बरामद गरेको छ ।  

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको सक्रियताले पछिल्लो समय दिनहुँ जसो भन्सार छली गरेका तथा बिलबिजकमा भन्दा धेरै सामान ल्याएको सामग्री तथा उपकरण नियन्त्रणमा लिने क्रम ह्वात्तै बढेको हो ।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरले आव २०७९/८० को तुलनामा चालु आवको ११ महिनाकै अवधिमा अवैध चोरी, निकासी, पैठारीबाट  ३ करोड ७ लाख ३५ हजार ९ सय ४१ मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेको  छ ।  

सशस्त्र प्रहरीले गत आवभरिमा  २४ करोड ३८ लाख ४० हजार ९ सय ३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो । सशस्त्र प्रहरीले बरामद गरेको रेकर्ड हेर्दा सबैभन्दा धेरै चिसो पेयपदार्थ, लत्ताकपडा र प्याज र मेसिनरी पार्टपुजा धेरै तस्करी हुने गरेको देखाउँछ । 

सशस्त्र प्रहरी बलले चालु आवको ११ महिनाको अवधिमा बिलबिजक अनुसार नभएको १५ करोड ४० लाख ४५ हजार दुई सय ६२ मूल्य पर्ने सामान तथा उपकरण पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । सोही अवधिमा भन्सार छली गरेर भित्रिएका  १२ करोड ५ लाख ३१ हजार ६ सय १० मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । 

सशस्त्र प्रहरी बलले गत आवभरिमा भने बिलबिजक अनुसार नभएको  १२ करोड ९५ लाख ६६ हजार ३ सय १६ मूल्य पर्ने सामान तथा उपकरण पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो । त्यस्तै गरी सोही वर्ष  ११ करोड ४२ लाख ७४ हजार ६ सय १५ मूल्य भन्सार छलीका सामान तथा उपकरण जफत गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको