काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ । मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो ।
गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मार्दा करिब ४ करोड रुपैयाँ बरामद गरिएको उपत्यका प्रहरी कार्यालयले पुष्टि गरेको छ । बरामद गरिएको नगद कसरी संकलन भएको र त्यसको स्रोत के हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार रकमको वास्तविक मालिक र यसको प्रयोगबारे प्रारम्भिक अनुसन्धान चलिरहेको छ भने यससम्बन्धी थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस