Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, १० : ४२ मा प्रकाशित

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।   अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला  ६ सय रुपैयाँ ले घटेको सुन यस दिन स्थिर रहेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको