Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा गिरावट

अर्थ संसार

मंगलबार, ११ असार २०८१, ११ : ३५ मा प्रकाशित

सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा गिरावट

मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनी  छापावाल सुन साही मूल्यमा कारोबार भएको थियो । 

मंगलबार तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी तोलामा एक हजार ८२० रुपैयाँमा किनबेच भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको