Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन २७ सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ संसार

आइतबार, ०९ असार २०८१, ११ : ०४ मा प्रकाशित

एकैदिन २७ सय रुपैयाँले घट्यो सुनको मूल्य

साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ  । आइतबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले घटेको  हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला  १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार प्रतितोला तेजाबी सुन १ लाख ४१ हजार ३सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुन १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको