Like us!
Follow us!
Connect us!
Watch us!

प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ संसार

विहीबार, ०६ असार २०८१, १० : ५९ मा प्रकाशित

प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ  । सोमबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार र बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।  बिहीबार भने छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८४० रुपैयाँ रहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको