Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा सामान्य वृद्धि, सोमबार कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, १० असार २०८१, ११ : २० मा प्रकाशित

सुनको मूल्यमा सामान्य वृद्धि, सोमबार कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ  ।  आइतबार २ हजार ७ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला  १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुन प्रतितोला  १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ रहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको