Like us!
Follow us!
Connect us!
Watch us!

संसद् भवनमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, १८ : ४३ मा प्रकाशित

संसद् भवनमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा  सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।  दोलखाका अजय गोलेले संसद् भवनको शौचालयमा गएर आफैँलाई गोली हानेको प्रहरीले बताएको छ । 

गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको