विपक्षी दलहरूले प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै संसद अवरोध गरेका छन्। तर सत्तापक्षले भने प्रधानमन्त्री स्वयं नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुनैपर्ने कानुनी बाध्यता नरहेको दाबी गरेको छ।
सत्तारुढ दल रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा नियमावलीको धारा ३८ को उपधारा ३ अनुसार प्रधानमन्त्री अनुपस्थित भएमा उनले कुनै मन्त्रीलाई आफ्नो तर्फबाट जवाफ दिन तोक्न सक्ने व्यवस्था रहेको बताएका छन्। उनले भने, ‘आज प्रधानमन्त्रीले अर्थमन्त्रीलाई आफ्नो तर्फबाट प्रतिनिधि तोक्नुभएको जानकारी मलाई आएको छ । त्यसैले सदनको कारवाही त्यसैअनुसार सुचारु गरौं ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस