Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभाको बैठक सर्यो

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, १३ : ३७ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक सर्यो

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । शुक्रबार विहान ११ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँसेर दिउसो २ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

यतिबेला दलका प्रमुख सचेतक, सचेतकहरू र सभामुख देवराज घिमिरेको बैठक बसिरहेको छ । आजको बैठक स्थगित गर्न विपक्षी दलहरूले माग गरेका छन् ।

बिहीबार बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएपछि आज बिहानका लागि बोलाइएको बैठक बस्न नसकेको हो ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनु पर्ने अडान कायम राखेको छ । तर सत्ता पक्षले समिति गठनको माग अस्वीकार गरिरहँदा दलहरुबीच सहमति जुट्न सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको