Like us!
Follow us!
Connect us!
Watch us!

कञ्चनपुर बन्यो लागूऔषधको अखडाः एघार महिनामा दुई सय ५५ जना पक्राउ

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १० : ४१ मा प्रकाशित

कञ्चनपुर बन्यो लागूऔषधको अखडाः एघार महिनामा दुई सय ५५ जना पक्राउ

कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् ।

पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण त्यहाँ दैनिक लागुऔषधसहित युवा–युवती पक्राउ परिरहेका छन् । गत साउनदेखि जेठ मसान्तसम्म त्यहाँ २६ किलोग्राम चरेस, चार सय ९९ दशमलव ६६ ग्राम खैरो हिरोइन, ३६ ट्याबलेट नाइट्राभेट, तीन सय ५८ एम्पुल फेनारगनलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए।

त्यहाँ भारतसितको खुला सिमानाका कारण त्यहाँ लुकीछिपी लागुऔषधको कारोबार हुने गरेको छ । कञ्चनपुरमा स्थानीय प्रशासनलाई पनि लागुऔषध नियन्त्रण मुख्य चुनौती बनेको छ । 

प्रहरी निरीक्षक गिरीका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पक्राउ पर्नेमा दुई २९ जना पुरुष, १२ महिला र १४ भारतीय नागरिक रहेका छन् । “जिल्लाभरि नै लागुऔषध नियन्त्रण र विद्यालयस्तरमा सचेतनाका कक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “लागुऔषध पूर्णरूपमा नियन्त्रणमा ल्याउन स्थानीय नागरिक, पालिका र सबैको सहयोग आवश्यक पर्छ ।”

त्यहाँ भारतसित सीमा जोडिएको बेलौरी, पुर्नबास, बेल्डाँडी र दोधारा चाँदनी क्षेत्रबाट लागुऔषध ओसारपसार बढी हुने गरेको प्रहरीले जनाएको छ । महेन्द्रनगरस्थित धुम्रपान निधेषका अभियन्ता मदन चन्द बालबालिका र युवापुस्तालाई लागुऔषधको लतबाट बचाउन स्वयं अभिभावक जिम्मेवार भएर लाग्नुुपर्ने बताए ।

“प्रहरीले मात्रै नियन्त्रण गरेर लागुऔषध न्यूनीकरण गर्न कठिन हुनसक्छ”, उनले भने, “यसका लागि सामूहिक प्रयासको खाँचो छ ।”रासस/File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको