Like us!
Follow us!
Connect us!
Watch us!

खैरो हिरोइनसहित कैलालीबाट एक जना पक्राउ

अर्थ संसार

बुधबार, १२ असार २०८१, १० : ४९ मा प्रकाशित

खैरो हिरोइनसहित कैलालीबाट एक जना पक्राउ

कैलालीमा लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका २ तेघरीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको साथबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ शुद्ध तौल १ ग्राम १६० मिलिग्राम फेला परेपछि बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको