Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, १४ : ३५ मा प्रकाशित

विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने

वस्तु तथा सेवा खरिदमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम उपभोक्ताले फिर्ता पाउने भएका छन् ।

आन्तरिक राजस्व विभागले त्यस्ता बस्तु तथा सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहनस्वरुप भ्याट रकम फिर्ता दिने निर्णय गरेको हो । विभागले उक्त निर्णय कार्यान्वयन गर्न आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सूचितसमेत गराएको छ । 

उक्त निर्णय भदौ २१ गते शुक्रबार गरिएको थियो । जसमा मदिरा पिउने केन्द्र (बार)बाट प्रदान गरिने सेवा, चमेना गृह (रेस्टुरेन्ट)बाट प्रदान हुने सेवा तथा सबै प्रकारका होटेल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवाहरूमा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुनेछ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ,‘अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा ९१० को खण्ड (ख) मा “कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको