Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर प्रस्तावसहित समाज लघुवित्तले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?

अर्थ संसार

आइतबार, ०९ असार २०८१, १५ : ५९ मा प्रकाशित

मर्जर प्रस्तावसहित समाज लघुवित्तले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले असार ३० गते छैठौं वार्षिक साधारण सभा डाकेको हो ।   

उक्त सभामा सर्वसाधारण समूह ख बाट २ जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यसैगरी सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को  वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी असार २० गतेदेखि ३० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् ।  सभा आगामी असार ३० गते आइतबारका दिन सर्लाही मलंगवामा रहेको जानकी फ्यामिली होटल एण्ड पार्टी प्यालेसमा बिहान ११.३० बजे सुरु हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको