Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तको नाफा ३२.३४ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, २० साउन २०८१, १३ : ४० मा प्रकाशित

समाज लघुवित्तको नाफा ३२.३४ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।  

खुद नाफा

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ३२.३४ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्षको सोही  अवधिसम्ममा लघुवित्तले ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

खुद ब्याज आम्दानी
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेको छ। यस अवधिमा लघुविवत्तले २ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस अवधिमा अन्य सञ्चालन आम्दानी ३.१२ प्रतिशत घटेको छ।

चुक्ता पूँजी / जगेडा कोष
गत आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ। 

कर्जा लगानी
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २४ करोड ६५ लाख रुपैयाँ सापटी र १६ करोड ५ लाख रुपैयाँ निक्षेपबाट ४४ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिसेयर आम्दानी
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा घटेर २२ रुपैयाँ ४५ पैसामा झरेको छ। 

प्रतिसेयर नेटवर्थ
असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ९७ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको