Like us!
Follow us!
Connect us!
Watch us!

रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु

अर्थ संसार

सोमबार, १० असार २०८१, ०९ : १९ मा प्रकाशित

रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु

रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा अत्याधुनिक हतियारले अन्धाधुन्ध गोली प्रहार गरेका छन् । गोलीबारी दागिस्तानको डर्बेन्ट शहरमा भएको रुसी समाचार एजेन्सी तासले जानकारी दिएको छ  ।

बन्दुकधारीहरूको आक्रमणमा प्रहरीसहित कम्तिमा १५ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।

रुसी समाचार एजेन्सी तासका अनुसार सुरक्षा बलले जवाफी कारबाहीमा चार आतंककारीलाई मारेको छ । आक्रमणमा २० जनाभन्दा बढी घाइते भएका छन् ।

गोलीबारीमा चर्चका एक पादरी र एक प्रहरीको मृत्यु भएको बताइएको छ। अहिले मृत्यु हुनेको संख्या १५ पुगेको छ । राति प्रारम्भिक रिपोर्टहरू अनुसार, रूसी सुरक्षा बलहरूले आक्रमणकारीहरू विरुद्ध जवाफी कारबाहीमा धेरै आक्रमणकारीहरूलाई मारेका थिए ।

हमलापछि यहुदी धर्मस्थलको एउटा तल्लामा रहेको झ्यालबाट ठूला ठूला आगोको मुस्लो निस्किएको थियो । शुरुमा यस घटनालाई आतंकवादी घटना बताइएको भएपनि यस  बारेमा थप जानकारी प्राप्त भएको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको