युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेनाका एक शीर्ष कमाण्डरलाई बर्खास्त गरेका छन् । सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोप पछि जेलेन्स्कीले यो कदम चलेको बताइएको छ ।
लेफ्टिनेन्ट जनरल युरी सोडोल यस वर्षको सुरुदेखि युक्रेनको सशस्त्र बलको कमाण्डर थिए । उनको स्थानमा अब ब्रिगेडियर जनरल एन्ड्रे हनाटोभलाई नियुक्त गरिएको छ । यद्यपि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो निर्णयको कारण भने खुलाएका छैनन् ।
लेफ्टिनेन्ट जनरल युरी सोडोललाई बर्खास्त गरेको जेलेन्स्कीले सोमबार राति एक सम्बोधनमा घोषणा गरेका थिए ।
जनरल सोडोललाई फेब्रुअरी २०२४ देखि सशस्त्र बलको कमाण्डर बनाइएको थियो । हालैका महिनाहरूमा युक्रेनी सेनामा धेरै परिवर्तनहरू भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस