Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स स्पीनिङ मिल्सलाई आईपिओ अनुमति दिइएको सेबोन अधिकारीलाई जानकारी छैन,वेबसाइट पनि चल्न छाड्यो

अर्थ संसार

विहीबार, १३ असार २०८१, ०९ : ३३ मा प्रकाशित

रिलायन्स स्पीनिङ मिल्सलाई आईपिओ अनुमति दिइएको सेबोन अधिकारीलाई जानकारी छैन,वेबसाइट पनि चल्न छाड्यो

नेपाल धितोपत्र बोर्डले बुधबार रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओलाई अनुमति भन्ने सूचना बाहिरिएको छ । बुधबार साँझ सम्म सेबोनको वेभसाईटमा भने उक्त सूचना राखिएको थिएन। 

रिलायन्स स्पीनिङ मिल्सलाई बुक बिल्डिङ आईपिओलाई अनुमति दिएको हो भनेर बुझ्न खोज्दा सेबोनका कर्मचारीहरु बेखबर नै देखिए। सेबोन प्रवक्तासंग पनि सम्पर्क हुन सकेन। 

बिहिबार बिहान देखि सेबोनको आधिकारिक वेबसाइट पनि चलेको छैन। 

रिलायन्स स्पीनिङ मिल्सले सर्वसाधारणका लागि ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आइपीओ निष्काशन गर्ने अनुमति मागेको छ। प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसा दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँ बराबरको सेयर स्वीकृत दिएको कुरा आएको छ। 

लगानीकर्तालाई प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्ने हुन्छ । रिलायन्सले यस अघि नै संस्थागत लगानीकर्तालाई सेयर बाडँफाँट गरिसकेको छ । गत माघमा निष्कासन गरिएको सेयरको कट अफ प्राइस ९ सय १२ रुपैयाँ आएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको