Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको दुई आर्थिक वर्षको साधारण सभा एकैपटक बस्दै,के के छन् मुख्य एजेण्डा ?

अर्थ संसार

आइतबार, १६ असार २०८१, ०९ : २२ मा प्रकाशित

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको दुई आर्थिक वर्षको साधारण सभा एकैपटक बस्दै,के के छन् मुख्य एजेण्डा ?

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ६ गते बिहान ११ बजे बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा १८औं र १९औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९ ८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने जनाइएको छ । लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९ ८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८० ८१ को लेखापरीक्षणका लागि लेखापरीक्ष नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव सभामा पारित गरिनेछ ।

साथै, कम्पनीले बोनस सेयर जारी गदौ कम्पनीको चुक्तापूँजी वृद्धि गर्नका लागि पूँजी वृद्धि गर्नुपर्ने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ऋण सीमा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको