Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

अर्थ संसार

आइतबार, १६ असार २०८१, ०९ : २९ मा प्रकाशित

सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आइतबारदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको छ ।

बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६२ रुपैयाँ तोकिएको छ ।

इच्छुक लगानीकर्ताले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक लगानीकर्ताले बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयका साथै एनआईसी एसिया बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको