Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४६ लाख ६३ हजार कित्ता बोनस सेयर सूचीकृत

अर्थ संसार

आइतबार, १६ असार २०८१, १६ : ३८ मा प्रकाशित

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४६ लाख ६३ हजार  कित्ता बोनस सेयर सूचीकृत

आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको ४६ लाख ६३ हजार ७५६.९७४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । 

कम्पनीले बैशाख २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १०.२६ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । सो सभाले २४.७४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यससँगै अब आगामी कारोबारदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको