Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस ?

अर्थ संसार

शुक्रबार, १४ मंसिर २०८१, ११ : २० मा प्रकाशित

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस ?

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको