Like us!
Follow us!
Connect us!
Watch us!

असार १६ःसंसद् दिवस

अर्थ संसार

आइतबार, १६ असार २०८१, ०९ : ५० मा प्रकाशित

असार १६ःसंसद् दिवस

आज असार १६ गते अर्थात् संसद दिवस नेपालमा यस दिवसलाई विविध कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष संसद्को पहिलो बैठक बसेको यस दिनको सम्झनामा दिवस मनाउँदै आइएको छ।

आज यस दिनलाई नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको थियो। सोही सम्झनामा यो दिवस मनाउन थालिएको हो।

दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख देवराज घिमिरेले बलियो संसद लोकतन्त्रको आधारशिला भएको भन्दै संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइने गरेको उल्लेख गरे। लोकतान्त्रिक संसदको आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने जनाए।

यस्तै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई सत्ताको जोडघटाउ भन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले संसद्को गरिमालाई उच्च बनाउन र विधिको शासनप्रति इमान्दार रहन हामी सबैले संसद् दिवसका अवसरमा सामूहिक प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको