Like us!
Follow us!
Connect us!
Watch us!

बजारको ओरालो यात्रामा ब्रेक: ३ अर्ब ४३ करोडको कारोबार,अबको गति कस्तो ?

अर्थ संसार

मंगलबार, २२ बैशाख २०८३, १५ : ०८ मा प्रकाशित

बजारको ओरालो यात्रामा ब्रेक: ३ अर्ब ४३ करोडको कारोबार,अबको गति कस्तो ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अकंले बढेर २७१२.८६ बिन्दुमा बन्द भएको छ । आज ३३५ कम्पनीको ७७ करोड ३४ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४३ करोडको कारोबार भएको हो ।

आज ६ उपसूचक राताम्य भएको छ भने ७ कम्पनीको घटेको छ ।  मंगलबार १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । १६ कम्पनीको  सेयरमूल्य स्थिर रहेको हो ।  आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ५७ लाख रुपैयााको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ११.१६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै फरवार्ड मायक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९.३१ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको