नेपाल सरकारका पूर्व सचिव तथा सामाजिक अभियान्ता भीम उपाध्यायले पुँजी बजारको व्यथिति रहेकाले आफूले त्यस विषयमा बोलेको बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा उनले आफू सत्यको विषयमा बोल्ने भएकाले पुँजी बजारमा भएका गलत क्रियाकलापको विषयमा बोलेको बताएका हुन् ।
पुँजी बजारमा निकै धेरै व्यथिति रहेको र त्यसको विषयमा मात्रै आफूले बोलेको उनको भनाइ छ । उनले पुँजी बजार सहि रुपमा अघि बढ्योस भनेर मात्रै लेखेको पनि बताए । ‘पुँजी बजारमा कृतिम रुपमा मूल्य बढाउने काम हुने रहेछ । कम्पनीको अवस्था कमजोर भए पनि सेयर मूल्य बढाएर व्यक्तिहरुले लाभ लिने रहछन् । कम्पनीको अवस्था उस्तै रहने रहेछ,’ उनले भने । आफूले लेखेको स्टाटसका विषयलाई लिएर विरोध भएको भन्दै उनले एउटा स्टाटसले घट्ने पुँजी बजार निकै कमजोर अवस्था रहेको उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस