Like us!
Follow us!
Connect us!
Watch us!

तमिलनाडुका भावी मुख्यमन्त्री विजयको सम्पत्ति कति ?

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १३ : ५१ मा प्रकाशित

तमिलनाडुका भावी मुख्यमन्त्री विजयको सम्पत्ति कति ?

तमिलनाडुमा तमिलगा वेत्री कझगम (टीवीके) को नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ। फिल्मी दुनियाँबाट राजनीतिमा पाइला टेकेका सुपरस्टार थलपति विजयले दुई वर्षअघि खोलेको पार्टी ‘तमिलगा वेत्री कषगम’ मार्फत पहिलो चुनावी प्रयासमै सानदार प्रदर्शन गरेका छन्।  थलापतिको पार्टी टीवीकेले विधानसभा चुनावमा २ सय ३४ सिटमध्ये १ सय ८ सिट जितेको छ। सरकार बनाउन १ सय १८ सिट आवश्यक पर्छ।

विजय राजनीतिमा नयाँ अनुहार भएपनि दक्षिण भारतीय फिल्मका परिचित अभिनेता हुन्।  यसैबीच विजयको सम्पत्तिलाई लिएर सामाजिक सञ्जालहरुमा विभिन्न अड्कलबाजीहरु चर्चामा आएका छन्। चुनावी सम्पत्ति विवरण अनुसार विजयको कुल सम्पत्ति करिब ६०३.२३ करोड भारतीय रुपैयाँ रहेको छ । यसमा ४०४.५८ करोड चल सम्पत्ति र १९८.६२ करोड अचल सम्पत्ति समावेश छ । यो तथ्याङ्कसँगै उनी भारतकै धनी नेताहरूको सूचीमा पर्ने आजतकको समाचारमा उल्लेख छ । 

जसअन्तर्गत नगद २ लाख, विभिन्न बैंक खातामा जम्मा विशेषगरी भारतीय ओभरसिज बैंकमा २१३ करोडभन्दा बढी रकम रहेको छ। उनको एक्सिस बैंक, एचडीएफसी बैंक र भारतीय स्टेट बैंकमा करोडौँको फिक्स्ड डिपोजिट तथा कम्पनीमा लगानी र परिवारका सदस्यलाई दिएको ऋण समावेश छन्।

विजयसँग करोडौँ मूल्यका उच्चस्तरीय गाडीहरूको संग्रह छ। जसमध्ये बीएमडब्ल्यू ५३०, लेक्सस आरएक्स ३५०,टोयोटा वेलफायर, बीएमडब्ल्यू आई७, रेन्ज रोभर इभोक, अडि ए८ एल, फोर्ड मस्टाङ लगायत अन्य प्रिमियम मोडेलहरूका कलेक्शन रहेका छन्। विजयका अचल सम्पत्ति करिब २२० करोड मूल्यका छन्।

विजयसँग १.२० करोडभन्दा बढीको सुन तथा चाँदीका सामग्री छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको