Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १९ : ०६ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार श्रेष्ठलाई प्रदान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई उक्त जिम्मेवारी दिएको हो।

श्रेष्ठ हाल नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। अब नयाँ स्थायी व्यवस्था नभएसम्म उनले प्राधिकरणको प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।

यसअघि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएपछि नेतृत्व रिक्त बनेको थियो। सोही रिक्तता व्यवस्थापन गर्न मन्त्रालयले अन्तरिम रूपमा श्रेष्ठलाई जिम्मेवारी दिएको जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको