Like us!
Follow us!
Connect us!
Watch us!

डिम्याट खाता नविकरण गर्न नेपाल डिपिको आग्रह,नविकरण नगरे खाता रोक्का हुने

अर्थ संसार

आइतबार, १६ असार २०८१, १४ : १० मा प्रकाशित

डिम्याट खाता नविकरण गर्न नेपाल डिपिको आग्रह,नविकरण नगरे खाता रोक्का हुने

असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे रोक्का हुने भएको छ । निक्षेप सदस्यहरू (डीपी)ले डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेका छन् । हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

प्रत्येक वर्षको अन्त्यसम्म डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था अनुसार निक्षेप सदस्यहरुले असार मसान्तसम्म डिम्याट खाता नवीकरण गर्नुपर्ने भएको हो । वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुको डिम्याट खाता नवीकरण हुन्छ र मेरो सेयर नवीकरणवापत ५० रुपैयाँ शुल्क भुक्तानी गर्नुपर्दछ ।

डिम्याट खाता नवीकरण कसरी गर्ने ?

घरमै बसेर अनलाइन प्रणाली मेरो सेयर तथा भुक्तानीका विभिन्न माध्यममार्फत डिम्याट खाता नवीकरण गर्न सकिन्छ ।

पहिले मेरो सेयर ‘लगइन’ गर्नुहोस् । मेरो सेयर खुलिसकेपछि दायाँ साइडमा माथि भएको आफ्नो नाममा क्लिक गर्नुहोस् । ‘एकाउन्ट इन्फर्मेसन’मा रहेको ‘रिन्यू एकाउन्ट’मा क्लिक गर्नुहोस् । त्यसपछि भुक्तानीका माध्यम इसेवा, खल्ती, प्रभु पे, आईएमई पे, एनसीएचएल (कनेक्ट आईपीएस) देखा पर्दछ ।

जुन माध्यमबाट भुक्तानी गर्न चाहेको हो, त्यसमै क्लिक गर्नुहोस् । मेरोसेयर र डिम्याट दुवै नवीकरण, मेरो सेयर वा डिम्याट नवीकरणमध्ये एक छनोट गर्नुहोस् । मेरो सेयर पनि बर्सेनि नवीकरण गर्नुपर्ने भएकाले नवीकरण नगरेकाले ‘मेरो सेयर एण्ड डिम्याट’ क्लिक गर्नुहोस् ।

‘प्रोसिड’ मा क्लिक गरी भुक्तानी माध्यमको युजर नेम तथा पासवर्ड प्रयोग गरी लगइन गर्नुहोस् । लगइनपछि रकम ‘पे’ वा ‘सबमिट’ गर्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको