आफुसँग भएका नराम्रा कुराहरुलाई पनि सम्भव भएसम्म सकारात्मक बुझ्ने प्रयास रहन्छ मेरो । मानिसहरूलाई उनीहरूको बाहिरी आवरणबाट मात्रै राम्रो नराम्रो छुट्याउँदिन तर कतिपय अवस्थामा बाहिरी आवरणले राम्रा देखिएका/सोचिएका मानिसहरुले आफुसँग गरेको व्यवहारले उनिहरुप्रति आफुले बनाएको धारणा सम्झेरै वाक्क लाग्छ ।
फेसबुकका भित्ताहरुमा नारीवादी स्टाटस लेख्नेहरु ,सार्वजनीक मंचमा नारीका लागी चर्को स्वरमा बेल्नेहरुको वास्तविकता सम्झिदा पनि हास्न मन लाग्ने सायदै मलाई मात्र होइन होला ।
केही समय अगाडि स्नातक प्रथम बर्ष नौलो कलेज, अनलाइन क्लासबाट औपचारिकता निभाउनसम्म बनेका भनौं या बनाइएका नयाँ साथीहरू । एच्छिक बिषय पत्रकारीता र मानवशास्त्र लिँएकी थिँए । र अन्तिममा पढाइन्थ्यो मानवशास्त्र ।
तिम्रो परिचय ? मानवशास्त्रको क्लासमा गएको पहिलो दिन मानवशास्त्रकै शिक्षकले सोध्नुभएको थियो । मैले जवाफ दिँए ‘कन्चनपुर’ कन्चनपुर कुन ठाँउ ? मैले यसको पनि सहजै जवाफ दिँए र यहिबीच थाहा भयो उहाँ पनि सुदुरपश्चिमकै हुनुहुँदो रहेछ ।
कोभिड १९ ले गर्दा शैक्षिक सत्र सकिने बेला मात्रै भौतिक रुपमा कलेज सुरु भएको थियो । कलेज सक्किएर कोठामा आइपुगेको मात्रै थिँए म्यासेन्जरमा एउटा म्यासेज आयो ‘नो भेटघाट’ म्यासेज मानवशास्त्र पढाउने सरको थियो । यो कुरालाई कुन अर्थमा लिने ? बिहान क्लासमा भेट भएको शिक्षकले दिँउसो किन भेट्नपर्ने ? मनमा यस्तै प्रश्न हुँदा हुँदै,असहज लाग्दा लाग्दै कुरालाई अन्तततिर मोडेर रिप्लाई गरेँ ‘हजुर सर के छ खबर सन्चै हुनुहुन्छ ?’
त्यसपछि सधैंजसो दिन बिराएरै म्यासेज आउन थाल्यो । प्राय आउने म्यासेज ‘नो भेटघाट’ ।‘म तिमी बस्ने ठाँउतिरै आएको थिँए ।’ ‘नो भेट एण्ड ग्यादरीङ अन स्याटरडे ।’ यस्तै नै हुन्थ्यो । दिदीलाई भन्दा ठट्यौली पाराको जवाफ थियो ‘यस्तै हुन्छन् कोही आँफु बाँचेर हिड्नुपर्छ , आवश्यक कुरो भए बोल नत्र रिप्लाई नगर’ । ह्या यस्तै हो भन्ने लागेर रिप्लाई गर्न छोँडे । म कलेज नगएको दिन साथिहरुलाई सोध्नुहुँदो रहेछ उ किन नआएको ? । कलेजमा साथिहरुले ‘तिम्रो दिवाना’ भन्दै ठट्टा गर्थे अहिलेपनि बेलाबेला ठट्टा गरिरहन्छन् ।
इग्जाम नजिकै थियो बिदा भयो कलेज गइएन फेरी म्यासेज आयो ‘लङ टाइम नो भेटघाट ?’
जवाफ दिहाल्न मनलाग्यो र भने ‘कलेज आउँदा भेट भैहाल्छ नि सर ’
‘कलेज त बिदा भयो नि’
रिप्लाई नगरौं सोच्दासोच्दै जवाफ दिँएछु ‘कलेज बन्द छ । विद्यार्थी र शिक्षकको भेटघाट कसरी हुन्छ सर एउटा माध्यम नै त्यही हो ’
यो पनि हो नि माध्यम भन्दै उँहाले आफ्नो नम्बर म्यासेजबक्समा पठाउनुभयो ।
‘पढ्नु किन आवश्यक हो सर ? आफ्नो,परीवारको समाजको चेतनास्तर बढाउन वा जागिर खान ?’
‘आफ्नो,परीवारको समाजको चेतनास्तर बढाउन ।’तर एक्कासी यस्तो प्रश्न किन ग¥र्यौ ? उताबाट जवाफसँगै प्रश्न पनि आयो ।
‘तपाईको व्यवहार देखेर म कन्फ्युज भएँ सर त्यहीभएर’ । मैले यतिभन्दा उँहाले यो बिषय मोडेर अन्तै कुरा घुमाउनुभयो र त्यो दिनदेखी उँहाको म्यासेज आएन । तर कलेजमा मसँग गर्ने व्यवहारले भने मेरालागी असहज माहोल बन्छ ।
यो दुई वर्ष उहाँले पढाउनुहुन्न क्लास लिन भने असहज भएन तर क्लास बाहीर मलाई हेर्ने उँहाको नजर ,मलाई देखाउँदै अरुसँग मेरोबारे गर्ने कुराकानी ,क्यान्टीनमा समेत मलाई पछ्याउने यी सबले कलेज जानै असहज लाग्छ । उँहाले मलाई नदेखे हुन्थ्यो अथवा मैले उहाँलाई नदेखे हुन्थ्यो झै लाग्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस