Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप जितेपछि द्रविडले भने- खेलाडीको रुपमा जित्न सकिन, प्रशिक्षक बनेर जिते

अर्थ संसार

आइतबार, १६ असार २०८१, २२ : १६ मा प्रकाशित

विश्वकप जितेपछि द्रविडले भने- खेलाडीको रुपमा जित्न सकिन, प्रशिक्षक बनेर जिते

भारतीय क्रिकेट टोलीको कोचिङ छोडेपछि राहुल द्रविडले टी–२० विश्वकपमा टिमले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । उनले यो जित सम्भव बनाउन कप्तान रोहित शर्मा, टोली र सपोर्ट स्टाफलाई धन्यवाद दिएका छन् ।

विश्वकप जितेपछि राहुल द्रविडले भने, ‘खेलाडीको हैसियतले मैले ट्रफी (विश्वकप) जित्न सकिन । म त्यति भाग्यमानी थिइनँ तर जहिले पनि खेलेँ मैले आफ्नो उत्कृष्ट दिएँ । विश्वकप जित्न नसकेका धेरै खेलाडी छन् । तर म भाग्यमानी थिएँ कि मैले भारतीय टोलीको प्रशिक्षक बन्ने मौका पाए ।'

उनले भने, ‘म भाग्यमानी थिए कि हाम्रा खेलाडीहरुको यो समूहले जित सम्भव बनायो । रोहित र यो टोलीसँग काम गर्दा मलाई रमाइलो लाग्यो । म खुसी छु कि हामीले सक्दो गर्यौं ।' उनले अगाडी भने- 'म भाग्यशाली थिए कि प्रशिक्षक र सहयोगी स्टाफको समूह छ जसले हामीलाई यो विश्वकप जिताउन मद्दत गर्यो ।'

विश्वकप जितेसँगै द्रविडले भारतीय क्रिकेट टिमको प्रशिक्षकको कार्यकाल सकिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले नयाँ प्रशिक्षकको चयनका लागि आवेदन मागेर अन्तर्वार्ता समेत लिइसकेको छ । मिडिया रिपोर्टका अनुसार भारतले पुर्व खेलाडी गौतम गम्भीरलाई राष्ट्रिय टिमको कप्तान बनाउने सम्भावना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको