Like us!
Follow us!
Connect us!
Watch us!

अध्यक्ष रञ्जितालाई दलको नेताबाट हटायो

अर्थ संसार

सोमबार, १७ असार २०८१, १० : ४९ मा प्रकाशित

अध्यक्ष रञ्जितालाई दलको नेताबाट हटायो

 नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाको संसदीय दलको नेताबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको छ ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद उत्कर्षमा पुगेपछी संरक्षक रेशमलाल चौधरी पक्षधरले अध्यक्ष समेत रहेकी रञ्जिता चौधरीलाई संसदीय दलको नेताबाट हटाएको हो।

आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय रेशम पक्षले जनाएको छ।

संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ। त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ।

दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताए। लालवीर रेशमका बुवा हुन्। यता रञ्जिता भने मन्त्री बन्ने तयारीमा छन्। नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।

66823966243a8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको