Like us!
Follow us!
Connect us!
Watch us!

उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठको उपराष्ट्रपतिमा उम्मेदवारी घोषणासँगै सत्ता गठबन्धनलाई दबाब

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १२ : ४२ मा प्रकाशित

उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठको उपराष्ट्रपतिमा उम्मेदवारी घोषणासँगै सत्ता गठबन्धनलाई दबाब

राष्ट्रपतिको निर्वाचन सफलता पूर्वक सम्पन्न भएसँगै अब उपराष्ट्रपतिको निर्वाचन तीर दलहरु केन्द्रित भएका छन् । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै सत्ता गठबन्धनमा दबाब बढेको छ ।  उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले आज (शुक्रबार) बिहान बसेको संसदीय दलको बैठकले अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको जानकारी दिएका हुन् । 

अध्यक्ष रञ्जिता श्रेष्ठको नाम अघि आएसँगै जनता समाजवादी पार्टीलाई झट्का लागेको छ। सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार जसपाका संसदीय दलका नेता रामसहायप्रसाद यादव हुन् ।सत्ता गठबन्धनले नेता यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार गरिसकेको छ। जसपाले हिजो उपराष्ट्रपतिमा पार्टीका नेता रामसहाय लाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।  

उनी निर्बिरोध उपराष्ट्रपतिमा निर्वाचित हुने जसपा प्रभावशाली नेता एवं सांसद राजकिशोर यादवले जनाइसकेका छन्। नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिको उम्मेदवारमा आफ्नो अध्यक्षलाई अघि सारेसँगै अब दुई जनाबीच कडा प्रतिष्पर्धा हुने भएको छ।

उता नेकपा (माओवादी केन्द्र)का नेता देव प्रसाद गुरुङले समेत उपराष्ट्रपतिमा महिला हुनु पर्नेमा जोड दिएका छन्। यस विषय सँगै पुनः एकपटक गठबन्धनमा दवाब बढेको छ।

त्यस्तै आज सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका नेताहरुले भने जसपालाई उपराष्ट्रपति दिने सहमति नभएको दाबी गरेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको दाबी गरेका छन् ।  

श्रेष्ठ कैलाली-१ बाट निर्वाचित सांसद हुन्। नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ। रामसहायप्रसाद यादव बारा २ बाट निर्वाचित सांसद हुन् । रामसहाय उपराष्ट्रपति भएसँगै उनको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुनेछ । संसदको चुनावमा जसपा अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि यादवले रामसहायलाई उपराष्ट्रपतिमा अघि सारेर आफू बारा २ उप निर्वाचन मार्फत् पुनः संसद् छिर्न खोज्ने दाउँमा छन् । अहिलेको अवस्थामा माओवादीले समेत महिला उपराष्ट्रपति हुनु पर्ने बताइरहेको बेला गठबन्धनले के निर्णय गर्ला हर्न बाँकी छ । उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २९ मा हुँदैछ। साझा उम्मेदवार निर्धारण गरिसकेको गठबन्धनले कसलाई उम्मेदवार बनाउने बारेमा छलफल हुन बाँकी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको