Like us!
Follow us!
Connect us!
Watch us!

सरकार ढल्ने निश्चित,ओलीलाई प्रधानमन्त्री बन्न अफरै अफर

अर्थ संसार

सोमबार, १७ असार २०८१, १५ : ०४ मा प्रकाशित

सरकार ढल्ने निश्चित,ओलीलाई प्रधानमन्त्री बन्न अफरै अफर

कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटले नेपालको राजनीति तरंगित भएको छ । ओलीले देउवासँग भेटेपछि सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा ठूलो आशंका पैदा गरेको छ। अहिले पनि प्रचण्ड र ओलीबीच छलफल जारी छ ।

शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी डराएको छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका थिए। 

ओली र देउवाबीच भएको गोप्य छलफलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले तनावमा छन् । प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाहिर रहेका बेला ओली र देउवाबीच छलफल भएको थियो । काठमाडौं आउनेबितिकै प्रचण्डले ओलीलाई भेट्ने प्रस्ताव गरे ।

प्रचण्डकै प्रस्तावमा आइतबार सिंहदरबारमा छलफल भयो । प्रचण्ड र ओलीबीच लामो समय छलफल भएको थियो । बीचमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने पनि मिसिएका थिए ।

ओलीले देउवासँग सामान्य भेटवार्ता भएको र सत्ता गठबन्धनमा कुनै तलमाथि नहुने जवाफ दिएपनी टीआरसीसहित पछिल्लो राजनीतिमा सामान्य छलफल मात्रै भएको ओलीको जवाफमा माओवादी केन्द्रका नेताहरू सन्तुष्ट छैनन् । आत्तिएका माओवादी केन्द्रका नेताहरूको बुझाइमा एमाले र कांग्रेसले मिलेर अहिलेको गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाएर सरकार बनाउने आँकलन छ ।

प्रचण्डलाई भेटेर सिंहदरबारबाट निस्किएपछि आइतबार पनी ओली पाँच घण्टापछि मात्र बालकोटस्थित आफ्नो निवासमा पुगेका थिए । सोमबार बिहान पनि प्रचण्ड र ओलीबीच भेटवार्ता भएको छ । बिहान ९ बजेतिर सुरु भेटवार्ता मध्याह्नसम्म जारी रह्यो । 

गठबन्धनमा खटपट देखिएपछि प्रचण्डले सोमबार बेलुका बस्ने गरी सत्तासाझेदार दलका नेताहरूको बैठक बोलाएका थिए । त्यसअघि नै ओलीसँग उनले लामो छलफल गरेका हुन् । 

ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ । कांग्रेस सभापति देउवाले भने आजै पार्टीको पदाधिकारी बैठक राखेका छन् । ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनेबारे गृहकार्य अघि बढेको अनुमान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको