Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले ३५ करोडको अग्राधिकार सेयर निष्कासन गर्ने,लाभांश दर ९ प्रतिशत

अर्थ संसार

मंगलबार, १८ असार २०८१, १५ : ४६ मा प्रकाशित

कामना सेवा विकास बैंकले ३५ करोडको अग्राधिकार सेयर निष्कासन गर्ने,लाभांश दर ९ प्रतिशत

कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले  १०० रुपैयाँका दरले ३५ लाख इकाई अर्थात् ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्ने निर्णय गरेको हो 

वार्षिक ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरुको लागि मात्र बिक्री गरिने निर्णय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव दिनेश थकालीले जानकारी दिए ।

बैंकको आर्थिक वर्ष २०८०/८१ को आगामी वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा मात्र उक्त डिबेञ्चर निष्कासन हुने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले असार १२ गते एकीकृत निर्देशिकामा संसोधन गर्दै प्राथमिक पुँजी कोष कम भएकाले दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (प्रपेञ्चुअल नन क्युमलेटिभ प्रिफरेन्स सेयर) जारी गर्न बाटो खुला गरेको थियो । राष्ट्र बैंकको निर्देशन पश्चात प्रपेञ्चुअल नन क्युमलेटिभ प्रिफरेन्स सेयरजारी गर्ने निर्णय गर्ने कामना सेवा विकास बैंक पहिलो विकास बैंक हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको