Like us!
Follow us!
Connect us!
Watch us!

सैदी पावर कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

अर्थ संसार

बुधबार, १९ असार २०८१, १८ : ०१ मा प्रकाशित

सैदी पावर कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सैदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्नको लािग कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर निष्कासन गर्ने सम्झौतापत्रमा कम्पनीका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सैदी पावरले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरी ९९९ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना निर्माण गरी २०७९ सालबाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ । 

यस आयोजनाबाट उत्पादित विद्युत शक्ति हेम्जा बास्कोट सवस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको