बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा आज बस्दै छ ।
कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सभा रोयल एलिनाज रेष्टुरेन्सट प्रालि, मदन भण्डारी रोड, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
आजको विशेष सभाले सञ्चालकहरुको नियुक्ती गर्नेछ। साथै, कर्जा सुविधा स्वीकृतीको प्रस्ताव पारित गरिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले गत असार ११ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।तेसैले, असार १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै विशेष सभामा भाग लिन पाउनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस