Like us!
Follow us!
Connect us!
Watch us!

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

अर्थ संसार

विहीबार, २० असार २०८१, १९ : ०९ मा प्रकाशित

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

नेकपा (एकीकृत समाजवादी)को १० औं महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल सर्वसम्मत भएका छन् । 

बिहीबार सम्पन्न एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशनले बिहीवार अध्यक्षमा नेपाल तथा महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका हुन् । नेपाल र भुसाल दुवै अध्यक्ष र महासचिवमा दोहोरिएका छन् । 

यस्तै एकीकृत समाजवादीले सम्मानित नेतामा पनि झलनाथ खनाललाई नै दोहोर्याएको छ ।  यी तीन पद सर्वसम्मतिबाट टुंगिए पनि अरु पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लाग्न भने बाँकी छ । 

अन्य पदाधिकारीको टुंगो सचिवालयले लगाउने एकीकृत पार्टीले निर्णय गरेको छ । 

एकीकृत समाजवादीले २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरिसकेको छ । नेपालले २०७८ साल भदौ २ गते नेकपा एमालेबाट विद्रोह गरी उनकै नेतृत्वमा पार्टी स्थापना गरेका थिए ।  पार्टी स्थापनाको ३४ महिनामा उनले महाधिवेशन सम्पन्न गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको