Like us!
Follow us!
Connect us!
Watch us!

माधव नेपालको दोकान बन्द भयो- महेश बर्तौला

अर्थ संसार

आइतबार, २३ असार २०८१, १४ : ५६ मा प्रकाशित

माधव नेपालको दोकान बन्द भयो- महेश बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालहरुको दोकान बन्द भएको टिप्पणी गरेका छन् ।

आइतबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा बर्तौलाले यस्तो बताएका हुन् ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बर्तौलाले यसअघि अध्यक्ष नेपालले संसद्को गणित देखाएर सरकार ढाल्दिन्छौं भन्दै बार्गेनिङको दोकान चलाएको टिप्पणी गर्दै उनले अब त्यो दोकान बन्द भएको टिप्पणी गरेका हुन् ।

उनले भने- ‘मुख्य कुरा माधव नेपालहरुको संसद्को गणित देखाएर जे बार्गेनिङ गरेर सरकार आजै ढाल्दिन्छु, भालि ढाल्दिन्छु भनेर जे बार्गेनिङ गर्दैहुनुहुन्थ्यो, दोकान, व्यवसाय चलाउँदै हुनुहुन्थ्यो । माधव नेपालको दोकान समाप्त भयो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको