Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री नै संसदीय छानबिन समिति बनाउन चाहँदैनन्:माधव नेपाल

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, १३ : २९ मा प्रकाशित

प्रधानमन्त्री नै संसदीय छानबिन समिति बनाउन चाहँदैनन्:माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन गृहमन्त्री रवि लामिछाने सकारात्मक हुँदा पनि प्रधानमन्त्रीले नै समिति गठन नगरेको दाबी गरेका छन् ।

ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष  नेपालले सहकारी ठगीसम्बन्धी छानबिन गर्ने कुरामा गृहमन्त्री सकारात्मक नै भएको पाइएको बताए ।

उने भने  ‘मैले डिटेलमा कुरा गर्न पाएको छैन । तर, सुनेसम्म स्वयं रवि लामिछानेजी पनि गठन (छानबिन समिति) गरौं न त, गठन गर्ने कुरामा कुनै आपत्ति छैन भन्दै हुनुहुन्छ,’ ‘उहाँको भूमिका यसमा सुन्दाखेरि पोजेटिभ नै पाइराखेको छु, छानबिन गरौं । म दोषी छैन, कुनै प्रमाण छ भन देखाऊन्, सक्कली प्रमाण हुनुपर्‍यो भनेर उहाँले मै भएको ठाउँमा पनि प्रधानमन्त्रीसँगसँगै भन्दै हुनुहुन्थ्यो ।’ 

 ‘उहाँले त्यस्तो दाबी गरिरहेको अवस्थामा, त्यसका निम्ति पनि छानबिनका लागि तयार भएको अवस्थामा किन छानबिन कमिटी गठन हुन सकिरहेको छैन, त्यो बुझ्न पाएको छैन । प्रधानमन्त्रीज्यूसँग बेग्लै भेटघाट हुन पाएको छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको