Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा सामान्य वृद्धि, कति पर्छ तोलाको ?

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, १० : ५५ मा प्रकाशित

सुनको मूल्यमा सामान्य वृद्धि, कति पर्छ तोलाको ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार  छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८७० रुपैयाँ रहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको