Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फण्ड: निकै सस्तो तर छैन आर्कषण

अर्थ संसार

शनिबार, २२ असार २०८१, ११ : ४१ मा प्रकाशित

म्युचुअल फण्ड: निकै सस्तो तर छैन आर्कषण

नेपालका लगानीकर्ताहरू म्युचुअल फण्डमा लगानी गर्न अनिच्छुक देखिन्छन्। जसका कारण पनि नेप्सेमा कारोबार भइरहेका म्युचुअल फण्डहरूको अवस्था निकै नै नाजुक देखिन्छ। 

१० प्रति इकाइमा निष्कासन गरिने यी फण्डहरू जब दोस्रो बजारमा कारोबार हुन्छन् यी इकाइको मूल्य १० भन्दा पनि निकै तल झर्ने गरेको छ। 

पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने पनि दोस्रो बजारमा कारोबार भइरहेका अधिकांश म्युचुअल फण्डहरूको भाउ अङ्कित मूल्यभन्दा तल झरेका छन्।

म्युचुअल फण्डहरूले त्यत्तिकै लगानी गर्दैनन्। फण्डहरूले बजार बुझेका विज्ञ र दक्ष जनशक्तिले गरेका विश्लेषण र अध्ययन गरेर मात्र बजारमा लगानी गरेका हुन्छन्। यी म्युचुअल फण्डहरूले आफ्नो ८० प्रतिशतभन्दा बढी लगानी सेयर बजारमा लगानी गरेका हुन्छन्। त्यो बाहेक विभिन्न कम्पनीका ऋणपत्र अरु म्युचुअल फण्ड तथा बैंकको निक्षेपमा पनि यी फण्डको लगानी हुने गरेका छन। 

यस बाहेक फण्डहरुले जब विभिन्न कम्पनीहरुले आइपिओ निष्काशन गरेका हुन्छन यिनले ५% आरक्षणको कोटा पाउने गरेका छन्। सर्वसाधारणले १० कित्ता मात्र पाउने गरेता पनि यी फण्डहरूले आरक्षण बापत राम्रै कित्ता पाउने गर्छन। 

अचम्मको कुरा त के हो भन्दाखेरि आरक्षणको कोटाको प्रोफिट बुकिङ, फिक्स डिपोजिट र डिबेन्चरमा लगानीको मुनाफा गर्दा समेत पनि फण्डलाई नाफा देखाउन हम्मेहम्मे परिरहेकोअवस्था छ। 

दोस्रो बजारमा गरिने लगानीमा फण्डहरुले राम्रोसँग प्रदर्शन गर्न नसक्दा यस्तो अवस्था आएको हो।हरेक महिना प्रकाशित गर्ने गरेको उनीहरूको रिपोर्ट कार्डले पनि यहि कुरा इंगित गर्ने गरेको छ। 

दोस्रो बजारमा लगानी गर्न नजानेका क्षमता नभएका मानिसहरूको स-सानो पैसालाई उठाएर बनाइएको पुजी नै म्युचुअल फण्ड हो। यस्ता पुँजीलाई बजार व्यवस्थापकहरूले गहन अध्ययन विश्लेषण गरेर लगानी गर्नुका साथै ती साना लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिलाउन जरुरी छ। 
यी म्युचअल फन्डहरूले आगामी भविष्यमा गरेको लगानीबाट राम्रो मुनाफा दिलाएर आफ्ना लगानीकर्ताहरूलाई राम्रो लाभांश दिलाउन सके पुंजीबजारको विकास र प्रवर्धनलाई पनि टेवा पुग्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको