एनआईसी एशिया क्यापिटल लिमिटेडले आजदेखि नयाँ खुलामुखि योजना “एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम” सार्वजनिक बिक्रीमा ल्याएको छ। यो योजना एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ।
यस योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले ५ करोड इकाई सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ, जसको कुल मूल्य ५० करोड रुपैयाँ हुन्छ।
क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बीजपूँजीका रुपमा योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाईमध्ये सर्वसाधारणका लागि ५ करोड इकाई खुला गरेको हो।
निवेशकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम मिति भदौ २ गते तोकिएको छ। सो अवधिमा माग पुगेन भने भदौ १२ गतेसम्म आवेदन अवधि बढाइनेछ।
यदि निर्धारित समयभित्र कम्तीमा ५० प्रतिशत अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई बिक्री नभए योजना खारेज गरिनेछ र १५ दिनभित्र निवेदकलाई रकम फिर्ता गरिनेछ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्थाबाट वा “मेरो शेयर” वेब र मोबाइल एप प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।
यस म्युचुअल फण्डको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कोष प्रवर्द्धकलाई आईआरएन ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। साथै, इक्रा नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ प्लस रेटिङ्ग दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस