Like us!
Follow us!
Connect us!
Watch us!

ट्रष्ट माइक्रोको प्रथम साधारणसभा सम्पन्न,आइपीओ निष्कासन प्रस्ताव पारित

अर्थ संसार

आइतबार, २३ असार २०८१, ११ : ०९ मा प्रकाशित

ट्रष्ट माइक्रोको प्रथम साधारणसभा सम्पन्न,आइपीओ निष्कासन प्रस्ताव पारित

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगत पोखरेलको अध्यक्षतामा प्रथम साधारण सभा बुटवलमा सम्पन्न भएको हो । 

पोखरेलको अध्यक्षतामा भएको साधारणसभाले विभिन्न एजेण्डाहरु पारित गरेको छ ।

साधारणसभाले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने प्रस्ताव सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ लेखापरीक्षकको नियुक्ति पारिश्रमिक निर्धारण सहित आगामी चार वर्षका लागि नयाँ बोर्ड नेतृत्वको निर्वाचन समेत गरेको छ ।

बोर्ड नेतृत्वको निर्वाचनअनुसार कम्पनीको अध्यक्षमा पुनः जगत बहादुर पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् ।

बोर्ड सदस्यहरुमा दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपाने निर्वाचित भएका छन् । यसैबीच कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्देश्यले घुम्ती बीमा सेवा सुरु गर्ने भएको छ ।

सभामा सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पुर्ण वहादुर थापा, कम्पनीका अध्यक्ष पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुङ्गानाले घुम्ति बीमा सेवाका लागि संयुक्त रुपमा मोवाईल भ्यानको समेत उद्घाटन गरेका छन् ।

मोवाईल भ्यान मार्फत सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने सिइओ ढुंगानाले बताए । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको